लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस

काठमाडाैं | पुस २७, २०७९

लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस

बुटवल: नेकपा एमाले लुम्विनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले आज नयाँ सरकारका लागि दावी पेस गर्नुभएको छ ।


सत्ता साझेदार दलका नेताहरु आज दिउँसो लुम्बिनी प्रदेशमा नयाँ सरकारका लागि दावी पेस गर्न प्रदेश प्रमुखको कार्यालय बुटवल जानुभएको हो ।  


सत्ता साझेदार दलहरुले सात दलको समर्थमा ५८ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशमा नेकपा एमालेका संसदीय दलका नेता लिला गिरीको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरेका हुन् । 


प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि बुधबार ४ बजेसम्मको समयसीमा दिनुभएको थियो । 


लुम्बिनी प्रदेशमा सत्ता साझेदार दलमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३–३  र नागरिक उन्मुक्तिसँग ४ सिट छन् । त्यसैगरी, स्वतन्त्र दुई सांसदले पनि सत्तारुढ दललाई समर्थन गरेका छन् । 


लोसपाका तीन सांसदले समेत नयाँ सरकार बनाउन हस्ताक्षर गरेपछि सांसदको संख्या ५८ पुगेको हो । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । 

पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपमा एपिआई पावर चर्च ब्वाइज युनाइटेड र जावलाखेलबीच दोस्रो क्वाटरफाइनल खेल हुने भएको छ ।   उक्त खेल पोखरा रंगशालामा आज दिउँसो ३ बजे हुनेछ । प्रिक्वाटरफाइनल...

थप पढ्नुहोस्

पोखरा:    सहारा क्लब पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ ।   पोखरा रंगशालामा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई पेनाल्टीमा ६–५ गोल अन्त...

थप पढ्नुहोस्

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।   शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमब...

थप पढ्नुहोस्